(Saturday , 22 June,2024)

राष्ट्रपति पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषदले ३१ जेठदेखि हुने उनको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार ३१ जेठमा राष्ट्रपति पौडेल स्वीटजरल्याण्डको जेनेभा जानेछन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिनेछन् । त्यसपछि राष्ट्रपति पौडेल जर्मनी भ्रमणमा पनि जानेछन् ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal