(Saturday , 22 June,2024)

कार्यदलले टुंग्यायो संसदीय छानबिन समितिको ४ बुँदे टीओआर

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ ।

मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको हो । उक्त टीओआर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने कार्यदलका एक सदस्यले जानकारी दिए ।

कार्यदलका ती सदस्यका अनुसार संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने जस्ता विषय कार्यादेशमा रहनेछ ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal