(Saturday , 22 June,2024)

शिवशिखर सहकारीका सञ्चालक शर्मामाथि करिब ३३ अर्ब अपचलनको आरोप

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।

सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित विभागले जिल्ला सरकारी वकिलको कार्यालय, भक्तपुरमा अनुसन्धान प्रतिवेदन बुझाउँदैछ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्नेछ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको शर्माविरुद्ध ३२ अर्ब ९० करोड विगो मागदाबीसहित अनुसन्धान प्रतिवेदन तयार गरेको हो । सम्पत्ति शुद्धीकरणको अभियोगमा यो हालसम्मकै ठूलो विगोसहितको मुद्दा हो ।

विभागले शर्मासहित उनकी पत्नी गीता शर्मालाई पनि मुद्दा चलाएको छ । त्यसैगरी सबिना न्यौपाने, मन्दिप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशिल बानिया र प्रदिप भट्टराईलगायत विरुद्ध पनि आरोप छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal