(Sunday , 05 May,2024)

पाँच महिनाअघि नै शोभा पाठकलाई कारबाही गरेर निकालिएको युवा संघको भनाइ

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले धादिङकी जानुका भनिने शोभा पाठकले आफूलाई युवा संघको केन्द्रीय सदस्य भन्दै विभिन्न ठाउँमा संगठनको नाम लिएर अनुचित काम गरेको भन्दै उनी संघबाट पहिले नै निष्काशनमा परिसकेको जनाएको छ ।

युवा संघका महासचिव सुमन पुरीले बिगतमा युवा संघको गतिविधिमा जोडिएकी पाठकलाई गत मंसिर २२ गते बसेको पदाधिकारी बैठकले संगठनको नीति र आदर्शविपरितका हर्कत गरेका कारण निलम्बन गरेको बताए ।

उनले भने, ‘उनी युवा संघमा आबद्ध भए पनि उनका क्रियाकलाप गैरराजनीतिक र संगठनको हितविपरीत देखिएपछि पटक पटक सचेत गराउँदा पनि सुधार नभएकाले मंसिर २२ मै कारबाही गरेर निकालिएको हो ।’

पाठकले युवा संघका इन्चार्ज तथा एमाले नेता महेश बस्नेतमाथि विभिन्न आरोप लगाएर प्रहरीमा हुलाकमार्फत जाहेरी पठाएकी थिइन् । प्रहरी र सरकारी वकिलले जाहेरीमा लगाइएको आरोप अनुसन्धानका क्रममा प्रमाणित नहुने ठहर गरेपछि पछि प्रमाण पुगेमा फेरि अनुसन्धान हुनेगरी मुल्तबीमा राखेका छन् ।

पाठकले अरु व्यक्तिलाई पनि युवा संघको नाम लिएर ब्ल्याकमेल गर्ने गरेको गुनासो आएपछि संगठनले कारबाहीको जानकारी गराएको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal