(Sunday , 05 May,2024)

नाउपाको अध्यक्ष विवादको मुद्दा न्यायाधीश भट्टराई र शर्माको इजलासमा, आज सुनुवाई हुदै

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष विवादको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा सो मुद्दाको पेशी तोकिएको छ ।

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेपछि चौधरीले सर्वोच्चमा रिट दायर गरेका हुन् । पुस २७ मा कैलालीको टिकापुरमा भएको महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

निर्वाचन आयोगको निर्णयमा अन्तरिम आदेश हुने वा नहुने भन्नेबारे सर्वोच्चबाट निक्र्योल हुनेछ । चौधरीले निर्वाचन आयोग सहित ४ वटा निकायलाई विपक्षी कायम गरेर रिट दायर गरेका थिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal