(Sunday , 28 April,2024)

उपनिर्वाचन इलाम–२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । राप्रपाले इलाम–२ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको बिहीबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा इलाम जिल्ला कमिटीले लक्ष्मी गुरुङसहित यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको थियो ।

इलाम २ मा एमालेले सुहाङ नेम्वाङ र नेकपा एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । यस्तै माओवादीले पनि उम्मेदवार उठाउने निर्णय गर्दा रास्वपा उम्मेदवार तय गर्न आन्तरिक निर्वाचनमा जुटेको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal