(Saturday , 11 May,2024)

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै नेविसंघले गरे प्रदर्शन

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । विपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग्दै प्रदर्शन गरेको छ ।  बुधबार राजधानीस्थित नेपाल ल क्याम्पसबाट जुलुस निकाल्दै नेविसंघका कार्यकर्ताहरूले मन्त्रीद्वयको राजीनामा मागेका हुन् । 

उनीहरूले गृहमन्त्री लामिछाने सहकारी ठगी र अर्थमन्त्री पुन सुन तस्करीमा संलग्न रहेको भन्दै तत्काल राजीनामा दिनुपर्ने र छानबिनको माग गरे। नेविसंघका कार्यकर्ताहरू सुनको प्रतिमा र नक्कली सुनको गहना लगाएर सडकमा उत्रिएका थिए ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal