(Saturday , 11 May,2024)

माओवादी निकट भुजेल मुक्ति मोर्चा नेपाल बागमति प्रदेश भेला सम्पन्न

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । शनिबार नेकपा माओवादी केन्द्र अन्तर्गतको भुजेल मुक्ति मोर्चा नेपालको बागमति प्रदेशको भेला नेकपा माओवादी पार्टी कार्यलय पेरीसडाडामा मोर्चाका केन्द्रीय संयोजक खेमराज भुजेल को अध्यक्षतामा प्रमुख अतिथि केन्द्रका स्थायी कमिटि सदस्य तथा आदीबासी जनजाती संयुक्त मोचार्का ईन्चार्ज ओनसरी घर्तिको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । 

अन्य अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य तथा संयुक्त मोर्चाको संयोजक सुरेश आलेमगर, वागमती प्रदेश सभा सदस्य शुष्पा भुजेल, लेखापरिक्षक आयोगको केन्द्रिय सदस्य सुरेन्द्र भुजेल, भोजपुर जिल्ला संयोजक शैलेन्द्र भुजेल, वागमती प्रदेश कमिटी सदस्य प्रकाश भुजेल र उदयपुर काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष डिबी भुजेल लगायतका रहेका थिए । भेला लाई प्रमुख अतिथि ओनसरी घर्तिले सम्बोधन गरेकी थिईन । 

उक्त भेलाले  अर्जुन बहादुर भुजेलको अध्यक्षतामा २१ सदसीय बागमति प्रदेश कमिटि गठन गरेको छ ।  जसको उपाध्यक्षमा ध्रुवबहादुर भुलेल (काठमाडौं), सचिवमा पृथ्वी भुजेल (काभ्रे), कोषाध्यक्षमा अम्बिका भुजेल (ललितपुर) निर्विरोध निर्वाचित भएका छन् । यसैगरि समितिको सदस्यहरुमा रोशन भुजेल (सिन्धुपाल्चोक), अनोज भुजेल (रामेछाप), रामकुमार भुजेल (धादिङ), बलबहादुर भुजेल (सिन्धुपाल्चोक), रमेश भुजेल (सिन्धुली), रत्नबहादुर भुजेल (काठमाडौं), सन्तोष भुजेल (काभ्रे), अर्पणा भुजेल (मकवानपुर), कुमार भुजेल (मकवानपुर), सूर्यबहादुर भुजेल (काठमाडौं), नवराज भुजेल (नुवाकोट), पम्फा भुजेल (काठमाडौं), अम्बिका भुजेल (धादिङ), ओमकुमारी भुजेल (काभ्रे) रहेका छन् । तीन सदस्य भने समितिको पहिलो बैठकले मनोनित गर्ने मोर्चाले जनाएको छ ।

कार्यक्रम मोर्चाको केन्द्रिय संयोजक खेमराज भुजेलको अध्यक्षतामा, मोर्चाको कार्यालय सदस्य रामगोपाल भुजेलले सञ्चालन गरेका थिए ।
भेलाका अध्यक्षले मनोनित कमिटिलाई सपथ ग्रहण सहित  आगामी कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal