(Sunday , 12 May,2024)

युवराज शर्मालाई कांग्रेसको तर्फ बाट राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवार बनाउने निर्णय

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ  । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते मंगलबार हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ । यसअघि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रस्तावसहित कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

तर तत्कालीन गठबन्धन टुटेपछि कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा शर्मालाई अघि सारेको हो । ७४ वर्षीय शर्मा बाँकेका हुन् । ०४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका उनी ०२८ सालमा देउवा नेविसंघको सभापति हुँदा उपाध्यक्ष थिए ।

नेता सुशील कोइरालासँग विवादका कारण राजनीतिकरुपमा पछि परेका उनी दुई पटकसम्म बागी उम्मेदवार समेत बनेका थिए । उनी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेर ०७८ सालमा राष्ट्रिय सभाको सदस्य निर्वाचित भएका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal