(Sunday , 12 May,2024)

ग्राण्डी अस्पतालले मिचेको सरकारी जग्गामा परेन बालेनको आँखा, मौन सरकार

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौ । ग्राण्डी अस्पताल, नाम सुन्दै यो अस्पताल धनाढ्यहरुका लागी खोलिएको ईन्टरनेशनल हस्पीटलका रुपमा चिनिन्छ । यो हस्पीटल सामान्य मानिसहरुले उपचार गर्न सक्ने खालको हस्पीटल भने हैन । यहाँ हजार हैन, लाखौं बोकेर जानु पर्दछ, तर नेपाली जनताले यति राम्रो हस्पीटल पाएकोमा गर्भ गर्नपर्ने कुरा अस्पतालका अध्यक्ष दिपक कुवँर बताउँछन । 

हस्पीटलले सरकारी जग्गा नै कब्जा गरेर आफनो कम्पाउण्ड भित्र हालेको छ, तर सरकारका सम्बन्धीत र सरोकार निकायहरु कमिसन खाए झैं गरि चुपचाप छन् । अस्पताल जस्तो संवेदशिल क्षेत्र भएकाले गाह्रो भएको जनप्रतिनीधिहरु बताउँछन् । यसको आडमा प्रदेशको योजनामा बन्न लागेको पुल नै बन्न सकेको छैन । प्रदेश हैन केन्द्र पनि हैन हेडक्वाटर नै यिनका कब्जामा भएपछि जे भन्यो त्यहि देखाईदिने धम्की स्थानिय जनतालाई दिन्छन, अस्पतालका संचालकहरु । आजसम्म पनि यो अस्पतालकै कारण करिडोरको बाटो बिस्तार हुन सकेको छैन । 

    विजयराज भण्डारी अस्पतालका डाईरेक्टर छन्, उनि भन्छन् नेपालमा गुणस्तर दिन फिजिकल रुपमा हस्पीटको संरचना बनाएका छौं । विभिन्न देशमा हस्पीटल बनाउनेहरु सँग कन्सल्टीङ्ग सर्भिस पनि लियौं र यो अस्पताल बनाएका हौं । सामान्य मानिसले उपचार गर्न नसक्ने यो अस्पतालका संचालकहरुले सरकारी सार्वजनिक जग्गा भने ओगटेर बसेको छ, अस्पतालको पछाडी पट्टि विष्णुमति बगेको छ, बिष्णुमति र बागमती सभ्याताका अनुसार २० मिटर बराबरको नदि हुन पर्दछ, तर नदि नै मिचेर अस्पतालको कम्पाउण्ड भित्र राखेका छन् भने नदिमा फोहोर पठाउने निकास निकालेका छन् । 

करिडोरको बाटो २० मिटरको हुन्छ, नदिको दुबै तर्फ २०,२० मिटरको बाटो र नदि पनि ६६ फिट बढीको हुनुपर्ने कानुन भएपनि, मेडिकल क्षेत्रमा माफिया धन्दा चलाउनेहरु भूमाफिया पनि हुन भन्दा फरक पर्देन, स्थानियहरुले सार्वजनिक जग्गाा खाली गरेर बाटो बिस्तार गर्न अनुरोध गर्दा दिपक कुवँर धम्की नै दिन्छन । तर यस्तै माफिया र दलालहरु वरिपरि बोकेर हिंड्ने नेता र दलहरुले यो राज्य व्यवस्था चलाईरहेका छन् । यो नै देशको बिकास र शुसासनको अभिसाप हो । 

शिक्षा र स्वास्थ्यलाई सरकारले हरेक नागरिकलाई बराबर सुविधा दिने गरि व्यवस्थापन गर्न नसक्दा शिक्षा र मेडिकल माफियाहरुले राज चलाईरहेका छन् । यि माफियाहरु नै भोली गएर यो देशका समाजसेवी बन्छन, अनि राजनीतिमा पनि यिनिहरुकै राज चल्छ, जसरी आज गुण्डा र ठेकेदारहरुले पार्टी चलाईरहेका छन, किनकी टन्न पैसा यिनिहरु सँगै हुन्छ, यिनकै पछाडी केहि गर्न नसक्ने जनताहरु पछि लागी नै हाल्छन । 

जसरी आज आशावादी भएर हिजोका मेडिकल माफिया दुर्गा प्रर्साईंका पछाडी एउटा समुह लागिरहेको छ, त्यो आशाले लागेको समूह हो, भरोसाले हैन । यसरी नै मुलुक चलिरहेको छ, सबैभन्दा ठूलो कुरा सचेतना रहेछ, जो नेपाली जनतामा आजसम्म पनि आएको देखिएन । पैसा धेरै खर्च गर्न सक्नेले राम्रो शिक्षा र स्वास्थ्य पाईने गरिब त्यसै मनुपर्ने अबस्था ल्याउने यो व्यवस्था घिन लाग्दो छैन र ? 

बाटो, पुल, बत्ति, पानी, सिंचाईं यि सब आधारभुत कुरा हुन, नागरिकको यसमा हक छ, अधिकार छ, बिकास भनेको सिस्टम हो, समनताको प्रणाली हो, सरकारले यदि बिकास गर्ने हो भने सबैभन्दा पहिला शिक्षा र स्वास्थ्यलाई सरकारको अण्डरमा ल्याएर बराबर शिक्षा र स्वास्थ्य प्रणालीको बिकास गर्नुपर्दछ 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal