(Saturday , 11 May,2024)

गठबन्धनबारे कांग्रेससँग गम्भीर समीक्षा गर्ने अवस्था आयो : वर्षमान पुन

NepalNewsLine

NepalNewsLine

Image 1

रोल्पा । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गर्दै समीक्षा गर्ने बेला भएको बताएका हुन् ।

हरेकपटकका निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारितापूवर्क मत दिने तर, कांग्रेसबाट धोका खाने क्रम दोहोरिंदै आएको उनको भनाइ थियो । ‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ ।

कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,’ पुनले भने, ‘काँग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ रु हामी हरेक चुनावमा इमान्दार कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?

यसअघि विभिन्न प्रकरणमा काँग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले योपटक त्यत्तिले मात्र नपुग्ने बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal