(Sunday , 12 May,2024)

सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन जारी

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज बिहीबार बिहान नौ बजेबाट सातै प्रदेशमा मतदान भइरहेको हो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । मतदान दिउँसो ३ बजेसम्म जारी रहेनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुन् ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाताले मतदान गर्दैछन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरेको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरेर नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal