(Saturday , 11 May,2024)

पिएम कप : ६४ रनले बागमतीको तेस्रो जित

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले तेस्रो खेल पनि जितेको छ।

आज (शुक्रवार) भएको खेलमा कोशी प्रदेशलाई ६४ रनले हराउँदै बाग्मतीले तेस्रो खेल पनि जितेको हो। जितका लागि बाग्मतीले दिएको २७४ रनको लक्ष्य पछ्याएको कोशी ४७ ओभर १ बलमा अलआउट हुँदै २०९ रनमा समेटियो। 

कोशीका लागि सुजन थपलियाले सर्वाधिक ५९ रनको योगदान गरे। कप्तान अंकित सुवेदीले ५३ रन, आशिष भण्डारीले ३२ रन र सोनु अन्सारीले २१ रन जोडे पनि अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

कोशीलाई सस्तैमा समेट्ने क्रममा इशान पाण्डेले सर्वाधिक ५ विकेट लिए। सूर्य तामाङले २ तथा राजन ढकाल र प्रतीक श्रेष्ठले १/१ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ थालेको बागमती ४८ ओभर ३ बलमा अलआउट हुँदै २७३ रन बनायो।

बागमतीका लागि आशुतोष घिरैयाले शतकीय पारी खेल्दै सर्वाधिक ११८ रनको योगदान गरे। कप्तान रित गौतमले ४९ रन, रबिन जोशीले ४३ रन र प्रतीक श्रेष्ठले १२ रनको योगदान गरे।

बलिङतर्फ कोशीका अभ्यास तिम्सिनाले सर्वाधिक ३ विकेट तथा कमल खत्री र हेमन्त राईले २/२ विकेट लिए।

बागमतीका आशुतोष घिरैया प्लेअर अफ दि म्याच घोषित भए।

कोशीलाई पराजित गरेको बागमती ६ अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ। अहिलेसम्म जितविहीन रहेको कोशीको यो लगातार पाँचौँ हार हो।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal