(Sunday , 12 May,2024)

प्रधानमन्त्री प्रचण्ड (नाम) सम्मेलनमा सहभागी, आजै सम्बोधन

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम) को उन्नाइसौं सम्मेलनमा सहभागी भएका छन्। बिहीबार युगाण्डाको कम्पाला पुगेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले शुक्रबार सम्मेलनमा सहभागिता जनाएको हो।

प्रधानमन्त्री प्रचण्डले आजै नामको सम्मेलनमा सम्बोधन गर्ने कार्यतालिका छ। सम्मेलनमा सहभागी हुनुअघि प्रधानमन्त्री प्रचण्डले युगाण्डामा रहेका नेपालीसँग भेटसमेत गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा सम्बोधन गरेपछि उनी त्यहाँका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री आइतबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal