(Sunday , 12 May,2024)

 रास्वपाले गर्यो  गौशाला–२६ को तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई पदीय जिम्मेवारीबाट निलम्बन

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ । 

सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।

सापकोटाले गौशाला–२६ (परिवर्तित नाम) को तस्बिर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ । 

गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै यस मामिलामा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय फैसला गरेको थियो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal