(Sunday , 12 May,2024)

कांग्रेसले स्वच्छ छवि भएका र कुनै अवसर नपाएकालाई राष्ट्रियसभामा ल्याउने

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनमा यसपटक नयाँलाई अवसर दिने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जातीय क्षेत्रीय र सन्तुलनलाई समेत ध्यान दिएर पार्टीमा योगदान पुर्याएका व्यक्तिलाई अवसर दिने बताए ।

उनले भने, पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्न सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका हालसम्म कुनै अवसर नपाएका र विभिन्न कारणबाट अवसरबाट बञ्चित भएका योग्य तथा व्यक्ति अवसर दिन्छ ।

बैठकले राष्ट्रियसभामा गठबन्धन गरेर जाने पनि निर्णय गरेको बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal