(Sunday , 12 May,2024)

समाजवादी युवा संघको दुई प्रदेश समिति पुनर्गठन

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघका दुईवटा प्रदेश समिति पुनर्गठन भएका छन् । संगठनको लुम्बिनी प्रदेश समिति र कोसी प्रदेश समिति शनिबार पुनर्गठन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

इटहरीस्थित कार्यालयमा शनिबार आयोजित भेलाबाट कोसी प्रदेश समितिको अध्यक्षमा टाइसन केरुङ्ग  र मुख्यसचिवमा अमिर मगरसहित ३७ सदस्यीय समिति पुनर्गठन भएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश समिति विकास यादवको अध्यक्षतामा पुनर्गठन गरिएको छ । कपिलवस्तुमा आयोजित भेलाबाट संगठनको २७ सदस्यीय समिति पुनर्गठन गरिएको उनको भनाइ छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal