(Saturday , 11 May,2024)

राष्ट्रिय सभामा माओवादीले ६ सिट पाउने, क्लस्टर मिलाउन बाँकी

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा माओवादी केन्द्रले ६ सिट लिने लगभग सुनिश्चित भएको नेताहरूले दाबी गरेका छन् । फागुन २० गते ६ वर्षे कार्यकाल पुरा गरी निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक जना राष्ट्रिय सभाबाट बिदा हुँदै छन् । 

तीमध्ये माओवादीबाट निर्वाचित कोशी प्रदेशकी बिना पोखरेल, सुदूरपश्चिम प्रदेशबाट प्रदेश अध्यक्ष समेत रहेका हरिराम चौधरी र महेशकुमार महराको पदावधि सकिँदै छ । साबिक स्थानमा रिक्त ३ सिट र एमालेको गुम्ने निश्चित भएको थप ३ सिट पाउने माओवादीले पाउने लगभग निश्चित भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार ७ सिट लिने गरी गठबन्धन  दलहरूबिच छलफल भए पनि ६ सिटमा सहमति भएको हो । कसले कुन प्रदेश लिने र कुन क्लसट लिने भन्ने ‘हामीले ७ सिटमा दाबी गरेको हो । माओवादीले जितेको साबिक ३ सिटसहित थप ३  सिट पाउने लगभग निश्चित भएको छ । कुन प्रदेशमा कुन क्लष्टर लिने भन्ने सम्बन्धमा छलफल जारी छ’, उनले भने ।

पौडेलका अनुसार साबिक बाहेक माओवादी केन्द्रले थप बागमती, गण्डकी र कर्णाली पाउने सम्भावना रहेको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले पनि माओवादीले ६ सिट पाउने गरी दलहरूबिच सहमत भए पनि क्लष्टर मिलाउन बाँकी रहेको बताएका छन् ।  आइतबार बेलुकासम्म सबै प्रदेशबाट सिफारिस भएर आएमा उम्मेदवारको टुंगो लाग्ने उनले बताए ।

पटक पटक अवसर पाएका, समानुपातिकमा नाम लिस्ट भएका र कम्तीमा गत निर्वाचनमा पराजित भएका उम्मेदवारलाई उम्मेदवार सिफारिस नगर्ने गरी छलफल ढकालको भनाइ छ । राष्ट्रिय सभामा नयाँ र योग्य व्यक्तिलाई पठाउन युवा नेताहरूले दबाब दिइरहेका छन् ।

पुस पाँचमा बसेको माओवादी पदाधिकारी बैठकले प्रत्येक प्रदेश र जवस मोर्चाबाट तीनरतीन जनाको नाम सिफारिस गरेर पठाउन मातहतका समितिलाई निर्देशन दिएको थियो । सबै प्रदेशबाट सिफारिस भएर आउने क्रम जारी रहेको मंगलबारसम्म निर्णय हुन सक्ने उनले बताए । ६ सिटका लागि सबै प्रदेशबाट करिब डेढ सयको हाराहारीमा सिफारिस भएका छन् । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal