(Sunday , 12 May,2024)

प्रधानमन्त्रीले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने 

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । 

‘पुस १० गते दिउँसो ठिक ३ बजे प्रधानमन्त्री  प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा  राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’, उनले भने । 

सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् । 

प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal