(Sunday , 12 May,2024)

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबारसम्मका लागि स्थगित 

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । 

बैठकमा सातै प्रदेशका इन्चार्जले तीन महिने अभियानको समीक्षात्मक रिपोर्टिङ गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए । बैठक बुधबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने शर्माले बताए ।

‘बैठकमा अध्यक्षले विधान सम्मेलन, रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा एजेण्डा राख्नुभयो’, रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘उहाँले एजेण्डा प्रस्तुत गरेपछि सातै प्रदेशका इन्चार्जहरूले अभियानबारे रिपोर्टिङ गर्नुभयो । निर्णय केही भएको छैन ।’

बैठकमा प्रचण्डले सरकारले गरेको राम्रो कामलाई बदनाम गराउने षड्यन्त्र भएरहेको त्यसकै पृष्ठभूमि एनसिएल प्रकरण निकालेर बदनाम गर्ने प्रयास भइरहेको गुनासो पोखेका थिए । इन्चार्जहरूले अभियान समग्रमा उत्साहजनक भएको रिपोर्टिङ गरेको शर्माले जिकिर गरे । केहीले ठग्ने प्रवृत्ति देखिएको समेत रिपोर्टिङ भएको उनले बताए ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal