(Saturday , 11 May,2024)

नेपाली काङ्ग्रेस महासमिति सदस्य निर्वाचन स्थगित, बिना जानकारी निर्वाचन स्थगित गरेकोमा दीपक खड्काको आपत्ति

NepalNewsLine

NepalNewsLine

Image 1

रामेछाप । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रामेछापको पुर्ण बैठकले निर्णय गरी २०८० पौष ६ गत्ते तोकीएको महासमिति सदस्य निर्वाचन नेपाली काङ्ग्रेस रामेछापका सभापति माननिय पूर्ण बहादुर तामाङ् (कान्छाराम) को स्वास्थ्यमा समस्या आएर उपचारारत रहेको भन्ने लिखित जानकारी निर्वाचन समितिलाई प्राप्त भएको भन्दै निर्वाचन समितिले निर्वाचन स्थगित गरेको छ ।

निर्वाचन समितिले निर्वाचन स्थगित गरेपछि महासमिति सदस्य पदको मनोनयन पत्र समेत फिर्ता लिने, अन्तिम नामावली प्रकाशन र मतदान हुने मिति, समय र बाँकी निर्वाचनका सबै प्रक्रियाहरु अर्काे मिति तय नहुन्जेल सम्मको लागि स्थगित गरेको छ । 

तर जिल्ला कार्य समिति रामेछापका सचिव दीपक खड्काले भने पौष ६ गत्ते तोकीएको महासमिति सदस्य निर्वाचन बिना जानकारी स्थगित गरिएकोमा फेसबुक स्टाटस मार्फत आपत्ति जनाएका छन । उनका अनुसार जिल्ला कार्य समितिको नियमित बैठक भने पौष ३ गत्ते बोलाउन लगाएको बताएका छन ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति, रामेछापको लेटरहेडमा पनि पौष ३ गत्ते लाई बैठक बोलाईएको स्पष्ट नै देखिएको छ । पौष ६ गत्तेको निर्वाचनको लागी बिरामी हुने सभापति ३ गत्तेको बैठकको लागी स्वस्थ हुने पनि हुन्छ भन्ने सचिव दीपक खड्काको भनाई रहेको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal