(Sunday , 12 May,2024)

एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले एनसेल प्रकरणमा तल्लोस्तरबाट गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाएका छन् । सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यसको प्रतिवाद गर्न आग्रह गरे ।

अतिवादी, अराजकतावादी निकै आतंकित भएका भन्दै उनीहरूले व्यवस्था, प्ररिवर्तनमाथि निकै प्रहार गरेकोमा चिन्ता व्यक्त गरे ।  

‘म युएइमा भएको बेला एनसेल खरिद बिक्री भयो भन्ने सुने । यसमा सतर्कतापूर्वक अनुसन्धान गर्न मैले उतैबाट निर्देशन दिएँ । नेपाल आएको भोलिपल्टै यसमा के कस्तो प्रभाव पर्छ भनेर मुख्य सचिवसहित सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएँ । त्यतिमात्र नभइ गठबन्धनलाई पनि विश्वासमा लिनुपर्छ भनेर यो स्वभाविक छैन । यहाँ गडबढ छ भन्ने लागेर बैठक बोलाएँ । 

लगत्तै क्याविनेट बैठकबाट छानबिनका लागि समिति गठन भयो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर अतिवादीहरूबाट दुस्प्रचार र घटिया रुपमा प्रचार गरियो । तपाईँ कल्पना गनोस् यति तल्लो तहबाट प्रचार भएका छन् त्यसलाई प्रतिवाद गर्नुपर्छ ।’

युद्धबाट शन्तिमा आउँदा प्रेसको भूमिका अझै बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्राप्त उपलब्धिको रक्षाका लागि सकारात्मक भूमिका खेल्नुपर्ने उनले बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal