(Saturday , 11 May,2024)

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । प्रधानमन्त्री निवास बालुवटारमा गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको छ ।

एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डा नजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको छैन ।

यस्तै पछिल्लो एनसेल र सुन प्रकरणले सरकार आलोचित भइरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार  नेपाल लगायत शीर्ष नेताहरू  सहभागी छन् । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal