(Sunday , 12 May,2024)

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने अभियुक्त पक्राउ

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक अभियुक्तलाई पक्राउ गरेको छ । बिहीबार प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले चितवन रत्ननगर नगरपालिका घर भई हाल  काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

महतोमाथि एक महिलालाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लागेको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा अनुसन्धान भैरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले जानकारी दिएको छ ।

उनीमाथि काठमाडौँ जिल्ला अदालतको मंसिर २१ गतेको आदेशले ७ दिन म्याद थप गरी अनुसन्धान भैरहेको ब्युरोले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal