(Sunday , 12 May,2024)

विप्लवको पार्टीले पक्राउ पुर्जीविरुद्ध पुत्ला दहन गर्दै

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव लगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले न्यायाधीशको पुत्ला दहन गर्ने भएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुजी जारी गरेको थियो । देशको शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय रहेको आरोप लगाउँदै मङ्गलवारदेखि नेकपाले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

नेकपाका नेता अनिल शर्मा विरहीले काठमाडौँ उपत्यका लगायत देशैभर एक साथ पुत्ला दहन हुने बताएका छन् । यस्तै पक्राउ पुर्जीविरुद्ध बुधवार ३ बजे तीन ठाउँमा पुत्ला दलहन गर्न लागिएको काठमाडौँ ब्युरो इन्चार्ज बल थापाले जानकारी दिए ।

‘दिउँसो ३ बजे न्यायाधीशविरुद्ध तीन ठाउँमा पुत्ला दहन गर्ने कार्यक्रम छ । ठाउँ यकिन भएको छैन । काठमाडौँ, ललितपुरमा पार्टीले र एक ठाउँमा विद्यार्थीले पुत्ला दहन कार्यक्रम राखिएको छ’, उनले भने । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal