(Saturday , 11 May,2024)

गृहमन्त्री श्रेष्ठलाई भेट्न प्रधानमन्त्री अस्पताल पुगे

NepalNewsLine

NepalNewsLine

Image 1

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

छातीमा असहज महसुस भएपछि मन्त्री श्रेष्ठ मंगलबार बेलुकी अस्पताल भर्ना भएका थिए ।

उनको मुटुको वायाँतर्फको रक्तनलीमा आंशिक अवरोध देखिएपछि डा. अरुण मास्केसहितको टोलीले एन्जिओप्लास्टी गरेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal