(Sunday , 12 May,2024)

 एनसेल कार्यालय अगाडि अनेरास्ववियुले प्रदर्शन गर्ने

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएको छ। 

मंगलबार बिहान ८:३० बजे लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरिने अनेरास्ववियुले जनाएको छ ।

 एनसेलको ८० प्रतिशत सेयर नेपाल बाहिरै बिक्री भएको थियो ।

जसले गर्दा राज्यलाई आउनुपर्ने राजश्व गुमेको छ । यसका विरुद्ध अनेरास्ववियुले प्रदर्शन गर्न लागेको हो । 

एनसेलको अपारदर्शी ठगी धन्दाविरूद्द खबरदारी गर्न लागिएको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal