(Saturday , 11 May,2024)

फागुन १ मा राजाको हातबाट बत्ती बालेर गणतन्त्र फाल्छौँ : दुर्गा प्रसाईं

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्ने चेतावनी दिएका छन् ।

व्यवस्था परिवर्तनको आन्दोलन घोषणा गरेका प्रसाईँले आइतबार पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेका हुन् ।

प्रसाईँले मंसिर ३० गतेभित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ताको अभ्यास थाल्ने दाबी गरे।

उनले अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईँले फागुन १ गतेबाट व्यवस्था परिवर्तनको आन्दोलन निर्णायक बनाउने बताए ।  उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने बताए ।

प्रसाईँले भने,’झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ । अब यो व्यवस्था परिवर्तन हुन्छ ।’

प्रसाईँले आफ्नो पहिलो चरणको आन्दोलनको उपलब्धि सुनाउँदै यो चरणमा युवा संघको दादागिरी पराजित गर्न सकिएको दाबी गरे ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal