(Saturday , 11 May,2024)

फिलिपिन्समा ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

NepalNewsLine

NepalNewsLine

Image 1

मनिला । पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महशुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार राति १० : ३७ बजे हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ ।

भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एशियाली मुलुक हो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal