(Sunday , 12 May,2024)

भारतमा ‘एनिमल’को ६३ करोड ओपनिङ, नेपालमा शुक्रबार कति कमायो ?

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं । रणवीर कपुर स्टारर ‘एनिमल’ले भारतमा ६३.८० करोड भारु नेट ओपनिङ गरेको छ । जसमा हिन्दी संस्करणबाट ५४.७५ करोड भारु र दक्षिण भारतीय संस्करणबाट ९.०५ करोड भारु छ ।

बलिउड ब्यापार विश्लेषक तरण आदर्शका अनुसार यो फिल्म रणवीरको अहिलेसम्मकै उच्च ओपनिङ हो । कुनै बिदा नभएको, कुनै श्रृखला नभएको, सुपरस्टार केमियो नभएको, एडल्ट सर्टिफिकेट, ३ घण्टा लामो रनटाइम र अर्को फिल्मसँग भिडेपनि ‘एनिमल’को उक्त कमाइ आक्रामक हो ।

एनिमल’ बलिउड फिल्म इतिहासमा तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म हो । ‘जवान’ले ६५.५० करोड भारु, ‘पठान’ले ५५ करोड भारु र ‘एनिमल’ले उक्त कमाइ गरेका हुन् । ओपनिङ कमाइमा एनिमलले केजीएफ २ र वारलाई पनि उछिनेको छ ।

‘एनिमल’ले शुक्रबार नेपालमा १.५० करोड नेरुको ओपनिङ गरेको छ । शनिबार पनि ओपनिङ हाराहारीमै कमाइ हुने देखिन्छ । दुई दिनमा फिल्मको कमाइ ३ करोड नेरु हुने प्रक्षेपण गरिएको छ ।

तर, विक्की कौशल स्टारर भारतीय फिल्म ‘साम बहादुर’ले सकारात्मक समीक्षा प्राप्त गरेपनि नेपालमा खराब ओपनिङ गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal