(Saturday , 11 May,2024)

माइतीघरदेखि बानेश्वरसम्म ३० दिनसम्म प्रदर्शन र जुलुस गर्न रोक, निषेधित क्षेत्र घोषणा

NepalNewsLine

NepalNewsLine

Image 1

४ मंसिर, काठमाडौं - जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरमण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेका हुन् ।

मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन गर्न रोक लागेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal