(Sunday , 12 May,2024)

 देवदहमा बस दुर्घटना, २० जना घाइते

NepalNewsLine

NepalNewsLine

Image 1

१ मंसिर, रुपन्देही - रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

गए राति काठमाडौंबाट दाङ जाँदै गरेको बागमती प्रदेश०३–००१ नम्बरको बस देवदह-८ भलुहीमा पल्टिँएको प्रहरी जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टका अनुसार बसमा ३८ जना सवार थिए ।

ड्राइभर निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भट्टले जानकारी दिए ।

घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal