(Sunday , 12 May,2024)

भारतद्वारा नेपाल सरकारलाई १० करोड रुपैयाँ बराबरको भूकम्प राहत सामग्री हस्तान्तरण

NepalNewsLine

NepalNewsLine

Image 1

१९ कार्तिक, काठमाडौँ - भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १० करोड रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ ।  

आइतबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगन्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गरेका हुन् । भारतीय वायुसेना सी-१३० उडानले ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप ढुवानी गरेको हो । जसमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसहरूका लागि चिकित्सा उपकरणहरू समावेश थिए ।  राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । 

घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताए । भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिहरूमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा जारी राख्ने उनले बताए । 

भारतले भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण समेत गरेको थियो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal