(Saturday , 11 May,2024)

 सांसद ज्ञवालीले गरीन दुर्गा प्रसाईलाई कारबाहीको माग

NepalNewsLine

NepalNewsLine

Image 1

१६ कार्तिक, काठमाडौँ - नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको आलोचना गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न माग गरेकी छिन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भनेर भ्रम सिर्जना गरिएको बताइन्। 

सांसद ज्ञवालीले भनिन–‘यतिबेला दुर्गा प्रसाईजस्ता अराजक व्याक्तिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेका छन् ।

सुशासन र विकासमा सबैभन्दा योग्य साबित नेता केपी ओलीमाथिको प्रहार भनेको नेपाल र नेपाली जनतामाथिको प्रहार हो । यस्ता गलत भ्रम सिर्जना गर्ने अराजक तत्त्वलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal