(Sunday , 12 May,2024)

अर्थमन्त्री महत र बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरी बीच भेटवार्ता, लगानी भित्र्याउने विषयमा छलफल

NepalNewsLine

NepalNewsLine

Image 1

१५ असोज, काठमाडौं - अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्री डा। महतको सचिवालयले जनाएको छ ।

भेटमा बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउन परराष्ट्र मन्त्रालयको सहयोगका लागि अर्थमन्त्री महतले आग्रह गरेका छन् ।

कोभिड–१९ महामारीका कारण नेपालको वित्तीय स्रोत साधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण वृद्धि भएकाले लगाानीयोग्य पूँजीमा कमी भएकाले नेपालमा बाह्य लगानीको आवश्यकता रहेको अर्थमन्त्रीको भनाइ छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal