(Sunday , 12 May,2024)

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान

NepalNewsLine

NepalNewsLine

Image 1

१२ कात्तिक, काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे। ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गर्ने छन् ।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (युएसआईपी) मा वार्ता कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल–अमेरिका व्यवसायीसँगको अन्तरक्रियामा परराष्ट्रमन्त्रीको सहभागिता रहने उनको सचिवालयले जनाएको छ ।

साउद नेतृत्वको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरुका साथै नेपालस्थित एफएनसीसीआई र अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष छन् ।

परराष्ट्रमन्त्री साउद १९ कात्तिकमा काठमाडौं फर्कने छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal