(Saturday , 11 May,2024)

राष्ट्रसंघका महासचिव गुटरेस पाटन दरबार ईस्क्वाएरमा

NepalNewsLine

NepalNewsLine

Image 1

१२ कार्तिक, काठमाडौँ - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ललितपुरस्थित पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका छन् । आइतबार महासचिव गुटरेसले पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका हुन् । 

उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।  भ्रमणका क्रममा महासचिव गुटरेसले पाटन दरबार क्षेत्रका सांस्कृतिक र धार्मिक सम्पदाको अवलोकन गरेका थिए । 

आइतबारै महासचिव गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal