(Sunday , 12 May,2024)

तिहारपछि सरकार ढाल्न अघि बढ्छौं : धवलशमशेर राणा

NepalNewsLine

NepalNewsLine

Image 1

१० कात्तिक,काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले तिहारपछि आफ्नै नेतृत्वमा तेस्रो जनआन्दोलन हुने घोषणा गरेका छन् । त्यसमा सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी, देशभक्त, राजभक्त, भ्रष्टाचारविरोधीको साथ लिने उनको दाबी छ ।

महामन्त्री राणाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको हेर्न जनता आँतुर रहेको समेत बताए । उनले भने, यो सरकारसँग कोही पनि खुसी छैन । जनता यो सरकार कहिले ढल्ला भनेर हेर्न आतुर छन् । अब अति भयो । यसरी नै लुटिरहन दियौं भने देश नै समाप्त हुन्छ ।

तिहारपछि मेरै नेतृत्वमा हामी सरकार ढाल्न अघि बढ्छौं, हेर्नु होला, नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।

सांसद राणाले संघीय लोकतान्त्रिक गणतन्त्र सडकबाटै ढाल्ने पनि बताए । ञराणा, पञ्चायत, प्रजातन्त्र पनि सडकबाटै ढलेको हो । गणतन्त्र पनि सडकबाटै ढाल्छौं । सदन, सडक र जनमतसंग्रह जनसुकै तरिकाले सरकार र व्यवस्था ढाल्न सकिन्छ । यसमा तपाईं शंकै नगर्नुस् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal