(Sunday , 12 May,2024)

अखिल क्रान्तिकारीले  बनायो ९९९ सदस्यीय आयोजक कमिटी 

NepalNewsLine

NepalNewsLine

Image 1

१० कार्तिक,काठमाडौँ - अखिल (क्रान्तिकारी) को विद्यामान केन्द्रीय समितिलाई विस्तार गरी नौ सय ९९ सदस्य आयोजक समितिमा रूपान्तरण गरेको छ ।

असोज १९ गते क्रान्तिकारीको केन्द्रीय समिति बैठकको निर्णय अनुसार विद्यामान समितिलाई २३ औँ राष्ट्रिय आयोजक समितिमा रूपान्तरण गरिएको परिपत्रमार्फत क्रान्तिकारीले जानकारी दिएको हो  । 

उक्त बैठकले विद्यामान केन्द्रीय समितिका पदाधिकारी, सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरू स्वतः प्रतिनिधि हुने व्यवस्था खारेज गरी निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने निर्णय गरेको थियो ।

असन्तुष्ट पक्ष पवन समूहलाई समेत समेटेर पदाधिकारी ९९ सदस्य र केन्द्रीय समिति ९९९ सदस्य बनाएको छ । यसअघि २२ औँ सम्मेलनबाट ४१ सदस्य पदाधिकारी चयन भएको थियो । 


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal