(Sunday , 12 May,2024)

झलनाथले दसैँमा नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने

NepalNewsLine

NepalNewsLine

Image 1

६ कार्तिक,काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले यसपटक काठमाडौँमा नै दसैँ मनाउने भएका छन् । खनालले डल्लुस्थित आफ्नो निवासमा दसैँको टीका लगाउने भएका हुन् ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार बिहान परिवारसँग दसैँ मनाएपछि दिउँसो २ बजेपछि पार्टीका नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

खनालले दसैँ मनाउन, कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट गर्न गृह जिल्ला इलामका सबै कार्यक्रम रद्द गरिसकेको भट्टराईको भनाई छ ।

पार्टीका अध्यक्ष माधव कुमार नेपालले भाइको निधनको शोकमा यसपटक टीका नलगाउने भएका छन् । यसको साटो नेपाल कार्यकर्ता तथा मतदाताहरूसँग भेट्न आफ्नो गृह जिल्ला रौतहट पुगेका छन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal