(Saturday , 11 May,2024)

एनआरएनमा पराजयपछि आरके शर्मा भन्छन्– परिणाम मान्दिनँ, यही बन्दसत्रले नयाँ बाटो तय गर्नुपर्छ 

NepalNewsLine

NepalNewsLine

Image 1

४ कार्तिक,काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा पराजित भएका आरके शर्माले परिणाम नमान्ने दोहोर्याएका छन् । उनले अहिलेकै बन्दसत्रबाट नयाँ बाटो तय गर्नुपर्ने बताए ।

आज असन्तुष्ट समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको बताए । सहमति विपरित आजै सपथ खानुले धाँधली भएको पुष्टि हुने उनको भनाइ थियो ।

शर्माले भने, ‘१४ दिनभित्र अनुसन्धान गर्ने र कुनै गल्ति भेटिए पुनःमतदान गर्न उहाँहरु पनि सहमत हुनुभएको थियो । तर, आज नाटकीयरुपमा बिहानै आतुरी गरेर सपथग्रहण गर्नुभयो । यो जालसाँझी हो । उहाँ आफूले आफूलाई अध्यक्ष घोषणा गर्नुभएको छ, तर उहाँ अध्यक्ष होइन ।’

आगामी दिनमा संस्थालाई सुद्धिकरण गरेर जानुपर्ने बताए । यही सम्मेलनको बन्दसत्रलाई निरन्तरता दिन र नयाँ बाटो तय गरेर जान उनको अनुरोध थियो । नयाँ बाटो के हो भन्ने उनले खुलाएनन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal