(Saturday , 23 November,2024)

रास्वपा सांसदले उम्मेदवारी फिर्ता लिए, उद्योग समिति सभापतिमा जनमतका अब्दुल खान सर्वसम्मत

NepalNewsLine

NepalNewsLine

Image 1

काठमाडौं- प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका थिए । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको सभापति पद बाँडफाँट भएको थियो ।

दलीय सहमति अनुसार प्रतिनिधिसभाको ९ वटा विषयगत समितिमा आइतबार नै सर्वसम्मत रुपमा सभापति चयन भइसकेका थिए ।

तर उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएकाले सोमबार निर्वाचन गर्नुपर्ने थियो । तर निर्वाचनअघि उनले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal