(Saturday , 23 November,2024)

अमरेशकुमार सिंहले गैरकानुनी बाटोबाट करोडौँ सम्पत्ति कमाएको भन्दै अख्तियारमा उजुरी

NepalNewsLine

NepalNewsLine

Image 1

२५ वैशाख,काठमाडौं – सांसद अमरेशकुमार सिंहले अकुत सम्पत्ति कमाएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सर्लाहीको कविलासी नगरपालिकाका विकासकुमार ठाकुरले सांसद सिंहविरुद्ध उजुरीको माग गरेर आज सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको हो ।

उजुरीमा २०६३ सालमा राजनीति गर्दा सांसद सिंह कोठा भाडामा लिएर बसैको, एउटा मोटरसाइकल मात्रै रहेको तर अहिले करोडौँ रुपैयाँ कसरी आर्जन भयो भनेर खोज्न माग गरिएको छ ।

अहिले सांसद सिंहसँग सर्लाहीको बलरा नगरपालिकामा साढे दुई तलाको दुई करोड रुपैयाँ पर्ने घर, डेढ करोड रुपैयाँ पर्ने दुई बिघा जमिन, मलङ्गवामा भाउजुको नाममा दुई करोड रुपैयाँ पर्ने जग्गा,  जेठी श्रीमतीको नाममा झापाको भद्रपुरमा दुई करोड रुपैयाँ पर्ने जग्गा, ललितपुरको सैँबुमा एउटा तीन तले र अर्को चार तले घर गरेर ३० करोड रुपैयाँको सम्पत्ति रहेको उजुरीमा उल्लेख छ ।

यस्तै सैँबुमै २० करोड रुपैयाँको जग्गा, ग्वार्कोमा बहिनीको नाममा पाँच करोड रुपैयाँ पर्ने जग्गा, विभिन्न कलेजमा लगानी, दाजु र भाउजुको नाममा भारतको नयाँ दिल्लीमा पाँच करोड भारुको घर रहेको, काठमाण्डौको छाउनीमा रहेको कोलोनीमा पाँच करोड रुपैयाँको शेयर लगायतको सम्पत्ति रहेको पनि उल्लेख छ ।

अनुसन्धान गर्दै जाँदा थप सम्पत्ति फेला पर्न सक्ने पनि उजुरीमा उल्लेख छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal