(Saturday , 11 May,2024)

नेकपा एकीकृत समाजवादीको कोटाबाट प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्दै

superadmin

superadmin

Image 1

चैत, १५, २०७९, जाजरकोट
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहा सचिव तथा कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धन दल नेकपा (एस) को कोटाबाट ज्वाला भौतिकपूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका हुन् ।

नेकपा )एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले उपमहासचिव ज्वालालाई भौतिकपूर्वाधार तथा यातायात मन्त्री बनाउने निर्णय गरेको हो । पार्टी केन्द्रिय कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकले पहिलो चरणको मन्त्री परिषद विस्तारमा ज्वालालाई पठाउने निर्णय भएको पार्टी अध्यक्ष नेपालले जानकारी दिएका छन् । ज्वाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने पक्का भएपछि कर्णाली प्रदेको विकासले नयाँ गति पैदा गर्ने बिश्वास पैदा भएको नेकपा (एस) जाजरकोट अध्यक्ष कमान बहादुर खड्काको भनाई रहेको छ।

सत्ता गठबन्धनका ९ दलसँग प्रधानमन्त्री दहालले पहिलो चरणको मन्त्री परिषद विस्तारका लागि १–१ जनाको नाम मागेका छन्। सम्भवत् प्रधानमन्त्री दाहालले आजै पहिलो चरणका मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरेको बुभिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal