(Saturday , 11 May,2024)

एमाले सँगको सम्बन्ध र विश्वासमा थप प्रगाढ बनाउनको साटो संकट थप्ने तर्फ माओवादी

superadmin

superadmin

Image 1

काठमाडौं–माघ १२ गते
माओवादी स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रपतिको चुनावमा पार्टीको तयारी बारे छलफल गरेका छन् । बैठकमा कतिपय नेताले राष्ट्रपतिको छनौट सहमतिको आधारमा गर्नुपर्छ भन्ने धारणा राखेका थिए ।

सरकार निर्माण गर्दा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले यसरी पार्टी भित्र गरेको छलफललाई गंभिर रुपमा लिएको देखिन्छ । बिस्वासको मत दिएका दलहरुसँग छलफल गरेपनि कुनै टुंगो नलागेपछि प्रचण्डले स्थायी समितिको बैठकमा विषयबस्तु उठान गरेका थिए । यसले एमाले सँगको सम्बन्ध र विश्वासमा थप प्रगाढ बनाउनको साटो संकट थप्ने तर्फ लगेको राजनीतिक विश्लेसकहरु बताउँछन् ।

समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेपछि ब्रिफिङ गर्दै प्रचण्डले निर्वाचन अगाडीको गठबन्धन तोड्नु परेको कारण बारे स्पष्ट पारेको थिए । चुनाबको स्थीति, पार्टीको स्थीति र र विभिन्न स्थीतिले गर्दा सरकार नयाँ गठबन्धनको बन्न पुगेको कुरा अध्यक्ष प्रचण्डले उल्लेख गरे ।
बैठक फेरी शुक्रबार ११ बजे बस्ने भनिएको छ, र बैठकमा पार्टी एकता र संगठन बिस्तार गर्ने बारे छलफल हुने तय भएको श्रोतले जनाएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal