(Sunday , 12 May,2024)

प्रजातन्त्र दिबस पूर्वराजा ज्ञानेन्द्रको प्रस्ताब राजसंस्था र राजनीतिक दलहरु सहकार्य गरौं, के हरेक दशकमा व्यवस्था फेरेरै बस्ने कि भ्रष्ट र जनघाती प्रणाली बदल्ने ?

superadmin

superadmin

Image 1

फाल्गुण ७, २०७९ काठमाडौँ – १०४ वर्षको लामो संघर्ष र आन्दोलनले क्रुर जहाँनिया राणा शासनको अन्त्य गरि प्रजातान्त्रिक राजनीति र संवैधानिक व्यवस्थाको सुरुवात भएको दिन फाल्गुण ७ प्रजातन्त्र दिबसका रुपमा मनाउने गरिन्छ । २००७ साल देखि नेपाली जनताले विभिन्न आन्दोलन र संघर्षहरु सुख शान्ति र समृद्धिका लागि शुसासनका लागि, सामाजिक न्यायका लागि, समानताका लागि र शान्ति एवं अमनचयन कायमका लागि लडेका थिए ।

बिडम्बना त्यहि संघर्ष निरन्तर नेपाली जनताले पटक पटक लड्न पर्यो, ४७ सालको कम्युनिष्ट, कंग्रेस र दरबारको साझा सहमतीमा र्निबिकल्प भनिएको संविधान पनि काम नलाग्ने भयो, ५२ सालमा सुरु भएको जनयुद्ध र ६२/६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गरि देश संघिय लोकतान्त्रिक गणतन्त्र मुलुक भयो । ७२ सालमा जारि गरिएको संविधान अहिले पुनः फेर्नपर्ने ठाउँमा पुगेको छ ।

हरेक दशकमा मुलुकमा हरेकखाले परिवर्तन भए, सरकार चलाउने पात्र फेरिए, व्यवस्था फेरियो तर कहिलेपनि शासकिय स्वरुप सँगै प्रणाली भने फेरिएन, उहि प्रबृति र शासन पद्धतिले नेपाली जनता माथी केहि कुलघरनाको कब्जामा राज्यसत्ता, र नयाँ आएका पात्र उनिहरुकै चंगुलमा बिलिन भए । बिलासिता र देखासेखीको संस्कारले देशमा आत्मा निर्भरताको एउटै उत्पादन दिर्घकालिन योजनमा चल्न नसकेका बेला जसरी पनि हरेक मानिसलाई सुखः बिलासिता चाहिएको छ , जसरी हुन्छ, पैसा कमाउ, पैसा चाहियो, अनि लूट मच्चिने नै भयो, भ्रष्टचार दिन दोगुणा रात चौगुणा भएर बढेको छ । कमिसनखोर र घुषखोरहरुको विगविगि नै छ, दलालहरुको, माफियाहरुको र विचौलियाहरुको अड्डा चोक चोकमा खुलेको छ । तस्करी र बलत्कारीको अत्याचार छ, अपराधी खुलेआम हिंड्छ । खै त प्रजातन्त्र ? यहि हो त संवैधानिक व्यवस्थाको उपलब्धी ?

पिछडिएको वर्ग, क्षेत्र, समुदाय, जाती, खासगरि उत्पीडित वर्ग जहाँको तहिं छ, अझ थप पिडामा छ, हिजो प्रजातन्त्र मुठीभरका केहि मान्छेलाई आयो आज गणतन्त्र केहि हातका औंलामा गन्ने व्यक्ति र तिनका आफ्ना आफन्तलाई आयो, नेपाली जनतालाई के आयो ?

नेपाली जनताले, निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, शान्ति र सुरक्षा पूर्वक दिनरात हिडडुल गर्न पाउने र चयनका साथ निर्धक्क भएर काम गर्न पाउने बाताबरण खोजेको छन । आम नेपाली जनताले तातो भात बेडमै मागेकै छैनन तर दल र तिनका नेता किन यस्ता सस्तो संसदिय भाषण गरिरहेका छन् ? स्वस्थ खानेपानी, प्रसस्त सिंचाई, मल, विउ विजन र उत्पादन गरेको बस्तुको बजार, त्यो बाहेक एउटा किसानलाई के चाहिएको छ र ? किन चाहियो उसलाई किसान संगठन ? के मतलब राजनीतिको ? काठमाडौंको एक ठाउँबाट अर्को ठाउँमा पुग्न गाडमिा झुण्डीएरै यात्रा गर्नपर्छ, महिला दीदिबहिनी सुरक्षित छैनन्, पकेटमारले पटेक मार्छ, जामले समयमा पुग्ने ठाउँमा पुग्न सकिंदैन, फोहोर मैला र धुवाँधुलोले अस्तव्यस्त मात्रै हैन हरेक दिन नागरिकको आयु घटिरहेको छ । यसको समाधान बाहेक काठमाडौं लगायत मुख्य शहरले के खोजेको छ र ? राष्ट्रसेबकहरु, प्रहरी, प्रशासन, निजामती कर्मचारी सबै सबै वकिल, न्यायधिस, मालपोत र यातायातका कर्मचारी, शिक्षक, डाक्टर यिनको उचित व्यवस्थापन सरकारले नै गरिदिने हो भने किन घुष खान्छ यातायात र मालपोतको कर्मचारी ? किन अर्को क्लीनिक खोल्छ डाक्टर ? किन नीजि स्कुल खोल्छ शिक्षक ? किन न्याय बेच्छ न्यायमुर्ती ?

देशमा बैध, अबैध जसरी हुन्छ सबैलाई पैसा चाहिएको छ । धेरैभन्दा धेरै मंहगी छ, आवश्यक्ता असिमित छन्, श्रोत छैन, उत्पादन छैन, १ नम्बरी २ नम्बरी जे जस्तो धन्दा चलाएर भएपनि पैसा चाहिएको छ । भुकम्प आयो, मान्छे सुध्रेको जस्तो गर्यो, कोरोना आयो धन, दौलत सबैकुरा हैन रहेछ भन्दै थियो । केहि दिनमा बिर्सेपछि उस्तै भयो, भुल्यो कि बिश्व मानब अस्थित्वको संकट कसरी टार्ने भनेर अतालिरहेको छ । बैज्ञानिकहरु खोज गरिरहेका छन्, ग्लोबल वार्मिङका विषयहरु आईरहेका छन् । मानिस न प्रकृतिले लगाएको नियम मान्छ, न शासकहरुले। हरेक राष्ट्रका शासकहरु आफु बलियो बन्ने र अरुलाई आफ्नो नियन्त्रणमा लिने योजनामा छन् । आफु बलवान हुनका लागि आज विश्व नै धव्स्त हुने परमाणुहरु बनिरहेका छन् । यसले अब पृथ्वीको आयु कति भन्ने प्रश्न हैन संकट सुरु भईसकेको संकेत गर्छ  र यस्तो अबस्थामा मानव जातिले संयम हुनु आवश्यक रहेको छ ।

यदि राष्ट्र बन्छ भने, यदि राष्ट्र र जनताका हितमा ज्ञानेन्द्र शाह प्रतिबद्ध छन् भने, यदि राजसंस्थाबाट हिजो जस्तै कुः हुन्न भने, राजा आएर कुनै घाटा छैन । राजसंस्था पुर्नस्थापना भए कुनै आपत्ति हैन । सबाल के हो भने, सहकार्य आफु र आफ्कना लागि मात्रै हो भने, तिनै पुराना संघर्ष र प्राप्त गरेको व्यवस्था र आउने बन्ने व्यवस्था उस्तै हो भने, नेपाली जनतालाई  भनिएको समाजवाद आए पनि  के ? राजा आए पनि के ?

राजा आएर र नआएर जनतालाई केहि फरक पर्दैन । समाजवाद आएपनि वा साम्यवाद आएपनि नेपाली जनताले केहि पाउँदैनन्, जबसम्म उहि पुरानो प्रणाली (सिस्टम) रहिरहन्छ । यहाँ, त्यहि सिस्टमको कुरा गरिरहेको हो । यद्यपी प्रजातन्त्र दिवसले हरेक नागरिकको आँखा खोलोस्, अब सद्बुद्धी प्राप्त गर्ने स्वनिर्णयको ढोका खुलोस्, प्रजातन्त्र दिबसको शुभेच्छा सहितको शुभकामना । अध्यक्ष/प्रबन्ध निर्देशक, नेपाल न्युजलाईन

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal