(Sunday , 07 July,2024)

पूर्व प्रधानमन्त्री केपी आली र सुजल बमको भिडियो भाईरल

NepalNewsLine

NepalNewsLine

काठमाडौ । यतिखेर समाजिक संजालमा यो भिडियो निकै भाईरल भैराखेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आवासमा श्रवण शक्ति नभएकी कलाकार सुजल बम पुगेर आफ्नो समुदायको गुनासो पोखेकी छिन् ।

उनले जागिर नपाउने, समस्या धेरै भएको, आफूलाई सहयोग गर्ने धेरै नभएको, राज्यले धेरै सहयोग नगरेको भन्दै राज्यले सहयोग गर्नुपर्ने उनले मात गरेकी थिइन् । सांकेतिक भाषाका अनुवादकसहित पुगेकी बमले यस्तो गुनासो गरेपछि ओलीले सहयोग गर्ने प्रतिबद्धता दिएका थिए ।

सबैले यो भिडियो सेयर गरीरहेका छन । एमाले संसदीय दलकी सचेतक सुनिता बरालले समेत सेयर गरेकी छन् । हुन त ओली कला लाई सम्मान गर्ने र कलामा रुचि राख्ने व्यक्ति हुन ।

कहिलेकाँही आफै पनि सारंगी मादल बजाउने गर्ने गर्छन । नयाँ तथा पुराना कलाकारहरुलाई भेटेर उनिहरुको कुरा सुन्ने तथा उनिहरुलाई थप अगाडी बढ्न हौसला पनि दिने गर्छन । हालै मात्र नेपाल आईडलका विजेता बनेका करण परियारलाई पनि भेटेर शुभकामना तथा सारङ्गी उपहार दिएका छन । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal