(Wednesday , 26 June,2024)

नेपाल-चीन शैक्षिक प्रदर्शनी आयोजना हुँदै

NepalNewsLine

NepalNewsLine

काठमाडौँ । नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले नेपालमा एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ । 

प्रदर्शनीको असार ४ गते मंगलबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा बौद्धस्थित होटल हायातमा प्रदर्शनीको आयोजना हुनेछ । यसमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले भाग लिने छन् । 

ती प्रत्येक स्टलहरूमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्व विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न विषयहरूमा विज्ञहरूले जानकारी दिनेछन् ।

पछिल्लो जानकारीअनुसार चीनमा १६० वटा देशका ५ लाख विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० वटा भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थी बाहेक सेल्फ फाइनान्सका विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal