(Saturday , 22 June,2024)

काभ्रेका थर्कमान लामा ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ

NepalNewsLine

NepalNewsLine

काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् ।

तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ ।

लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।

राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो ।

पछि उक्त सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal