(Saturday , 22 June,2024)

करेन्ट लागेर दाङमा एक महिलाको मृत्यु

NepalNewsLine

NepalNewsLine

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ बेलुवा बस्ने ४५ वर्षीया जगन्या चौधरीको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो । 

आफ्नै घरको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
Gold Rates Nepal